द्वन्द बढदै गएपछि पौडेल र देउवाले हात मिलाएनन्

7:09 PM 0 Comments



काठमाडौं, २१ फागुन ।


नेपाली कांग्रेसको १३ औं महाधिवेशन उद्घाटन सत्र निकै अस्तव्यस्त देखिन्थ्यो । कार्यक्रम सञ्चालक निकै अलमलमा परे । हरेक कार्यक्रम शुरु गदर्जा शहीदहरुप्रति सम्मान र राष्ट्रियगानबाट शूरु गर्ने परम्परा रहेको छ । तर, त्यसलाई ख्यालनै गरिएन ।

शुरुमा गाउनुपर्ने राष्ट्रिय गान बनाउँदा बसेका सबैले उठन नै भ्याएनन् । महाधिवेशनमा शुभकामना दिन आएका स्वदेशी एवं विदेशी पाहुनाहरु काक्रक्रम सञ्चालनमा देखिएको अलमल र अस्त व्यस्तताप्रति कानेखुशी गरिरहेका थिए ।

निर्धारित समयभन्दा ढिलो शुरु भएको कार्यक्रमको शूरुमा पार्टीका कार्यवाहक सभापति रामचन्द्र पौडेल मञ्चमा देखिए । कार्यक्रम शुरु भएको आधा घण्टापछि सभापतिमा उम्मदवारी घोषणा गरेका देउवा आँउदा कार्यकर्ताले ताली बजाएर स्वागत गरेका थिए ।

कार्यक्रममा सहभागी हुन आएका अतिथीहरुलाई कांग्रेसले सामानय व्याज र खादासमेत व्यवस्था गरेको थिएन । महाधिवेशनमा सभापतिका प्रत्यासी पौडेल र देउवाले हात मिलाउन नमानेको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

 

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: