सहयोद्धा प्रधानमन्त्री, अरूलाई दुई छाक टार्न पनि धौधौ -

7:23 PM 0 Comments

पञ्चायतविरोधी आन्दोलनमा सँगै होमिएका केपी ओली अहिले प्रधानमन्त्री छन् । तर, उनीसँगै जेलनेल खेपेका झापाका त्यतिबेलाका कार्यकर्तालाई भने दुई छाक टार्न धौधौ छ ।

२०२८ सालको ‘झापा विद्रोह’ मा सहभागी ठूलो दुर्गा, सानो दुर्गा अधिकारी, दधिराम उप्रेती, कृष्ण सेढाई, भीम कुँवर, वीरबहादुर श्रेष्ठ, बृहस्पति उप्रेती, प्रेम उप्रेती, खड्ग थापालगायतको दिनचर्या कष्टकर छ । वीरबहादुरको कम्युनिस्ट राजनीतिमै जीवन बित्यो, घरबार बसाउन भ्याएनन् ।



जीवनको उत्तराद्र्धमा अर्काको घरमा आश्रित छन् । कन्काई १ जामुनखाडीका नरपति पाण्डेले आश्रय दिएका छन् । ‘घरधन्दा सघाइदिन्छु,’ ८४ वर्षीय बीरबहादुरले भने, ‘खान बस्न दिएकै छन् ।’ उनले ‘वर्ग शत्रु सफाया’ अभियानका क्रममा बुटन चौधरीको हत्या आरोपमा पाँच वर्ष जेल जीवन बिताएका थिए ।

झापा आन्दोलनका योद्धा सोम मर्डी, मंगल मर्डी सतार, छविलाल राजवंशी, पानवीर विश्वकर्मा, भेट्ला राजवंशी, भोगेन राजवंशीलगायत धेरै बितिसके । बाँकी रहेका केही सत्ता र शक्तिमा छन्, कोही पद र प्रतिष्ठामा रुमलिएका छन् । बाँकी ‘काल पर्खिएर’ बसेका छन् । ‘मरेर जानेहरूले ठीक गरे बरु,’ १० वर्ष जेल बसेका ठूलो दुर्गा अधिकारीले निरासा व्यक्त गरे, ‘जिउँदो लास भएर बाँच्नुभन्दा मरेकै भए बेस हुने थियो ।’

लामो समयसम्म जेलनेल खेपेको भए पनि एमालेले सधैं बेवास्ता मात्रै गरेको उनीहरूको गुनासो छ । ‘पार्टीमा माधव र केपीले जुन योगदान गरे, हामीले पनि गरेका हौ,’ ठूलो दुर्गाले भने, ‘तर, उनीहरू कहाँ पुगे, हामी जहाँको त्यहीं ।’ झापा आन्दोलनको पुनर्मूल्यांकन गरी आन्दोलनका ‘ज्युँदो सहिद’ लाई राहत उपलव्ध गराउन एमालेसँग उनको आग्रह छ ।

‘आफ्नै पार्टीको सरकार हुँदा पनि हामीले सधैं रोइकराई गर्नु पर्ने रु’ ठूलो दुर्गाले आक्रोस पोखे, ‘हाम्रो योगदानको अब पनि मूल्यांकन नगरे कहिले गरिन्छ रु’ ७० वर्ष पुगेका उनी युरिक एसिड, बाथ र दमबाट पीडित छन् । भनेका बेला औषधी खरिद गर्ने पैसासमेत हुँदैन । घर–व्यवहार छाडेर पार्टीको झोला बोकी निरन्तर हिँडेकाहरू अहिले घरवारविहीन छन् । धाइजन ६ पीपल डाँगीको सानो घरमा अहिले ठूलो दुर्गा विगत सम्झिएर दिन काट्छन् । त्यस्तै धुलावारीको हडिया पुलमुनिको सानो कटेरोमा बस्छन् सानो दुर्गा अधिकारी ।

‘हामीले कम्युनिस्ट सिद्धान्तलाई कहिल्यै बेचेनौं । इमान्दार बन्दा यो हविगत भयो,’ उनले भने । केही वर्षअघि डिगेन राजवंशीले एमाले मुख्यालय बल्खुमा आत्महत्या गरेको प्रसंग कोट्याउँदै उनले चेतावनी शैलीमा भने, ‘पार्टीले हामीलाई पनि आत्महत्या गर्न बाध्य नपारोस् ।’ उनी १७ वर्षसम्म जेल बसेका थिए ।

झापा शनि अर्जुनका दधिराम उप्रेतीको हविगत पनि अधिकारी दाजुभाइको भन्दा भिन्न छैन । शनिश्चरे हाइस्कुलमा पढ्दा–पढ्दै कम्युनिस्ट भए । जेलमा गएर एसएसलसी दिए । फूपुका छोरा दाजु शिवप्रसाद शिवाकोटीको प्रेरणाले कम्युनिस्ट बने, ओली, राधाकृष्ण मैनाली र मोहनचन्द्र अधिकारीसँगै जेलमा बसे ।

ओली क्षयरोगबाट थलिएका थिए । जेल प्रशासनले दधिरामलाई अढाई सय ग्राम राँगाको मासु दिन्थ्यो । ‘मभन्दा पनि अस्वस्थ केपी छन् भनेर उनैलाई दिन्थें,’ उनले भने, ‘बेलाबेला घरबाट पठाइदिएको पैसा पनि उनैलाई दिन्थें ।’‘माओवादीले झापा आन्दोलनका योद्धालाई न्याय गरेन,’ पञ्चायती शासन विरुद्धको आन्दोलनका दौरान १० वर्ष जेल परेका चन्द्र भण्डारीले भने, ‘न एमालेले न्याय गर्‍यो, न त माओवादीले नै । सबैलाई प्रयोग मात्र गरियो र छाडियो ।’

एमाले अध्यक्ष बनेपछि गत वैशाख १ मा ओलीले भक्तपुर बालकोट निवासमा झापा विद्रोहसँग जोडिएका नेतारकार्यकर्ताको भेला बोलाएका थिए । त्यहीबेला आन्दोलनमा योगदान पुर्‍याउने नेतारकार्यकर्तालाई राहत सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । जिल्ला कमिटीलाई निर्देशन गरे । तर, अहिलेसम्म जिल्ला कमिटीले कसैलाई सोधीखोजी नै नगरेको गुनासो पीडित योद्धाहरूको छ । एमाले झापाका अध्यक्ष चिन्तन पाठकले झापा क्रान्तिका योद्धाको सहायताका लागि पार्टीले कार्यदल बनाएर काम थालेको कान्तिपुर दैनिकमा समाचार छ ।

- See more at: http://www.lightnepal.com/3836#sthash.bxfcU7kd.arAqrE86.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: