चालकको लापरवाहीका कारण ट्रक सडकबाट १९ फिट तल खस्दा घर भित्र बसेकी महिलाको मृत्यु
भक्तपुर, १८ फागुन । भक्तपुरको नगरकोटबाट काठमाडौँका लागी छुटेको ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
बा१ख ८१८२ नंको मिनीट्रक सडकबाट १९ फिट तल खस्दा टहराभित्र बसेकी स्थानीय ७३ वर्षीया साहिली तामाङको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रहरीका अनुसार मिनीट्रकका चालकको लापरवाहीले दुर्घटना भएको हो । ट्रक सडकबाट १९ फिट खस्दा एक महिलाको मृत्यु भएको हो । मृतकको शव भक्तपुर अस्पताल लगिएको छ ।
ट्रक चालक धादिङ तसपुर–७ घर भई हाल काठमाडौँ स्युचाटार बस्ने २१ वर्षीय अजित लामालाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही अगाडी बढाएको छ ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
0 comments: