व्यवसायीको घाँटी रेटेर हत्या गरेको आरोप ४ युवक पक्राउ -
मिडिया एनपी, कञ्चनपुर, १८ फागुन । कञ्चनपुरको कलुवापुर बजारका होटल व्यवसायीको घाँटी रेटेर हत्या गरेको आरोप चार युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मंगलबार पत्रकार सम्मेलन गरी व्यवसायीको हत्या गरेको आरोपमा पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको हो । पक्राउपर्नेमा कञ्चनपुर झलारी पीपलाडी नगरपालिका–११ का १८ वर्षीय सुरज साउद, सोही ठाउँका १८ वर्षीय इन्द्रदेव भट्ट, १९ वर्षीय प्रदीप महरा र वडा नम्बर–३ का १८ वर्षीय कृष्णसिंह साउद छन् ।
होटेल व्यवसायी दामोदरको घाँटी रेटेर हत्या
उनीहरुले रातको समयमा होटलमा गई अत्याधिक मदिरा सेवन गरी नसाको आवेगमा होटल सञ्चालकको विभत्स हत्या गरेको देखिएको कन्चनपुरका प्रहरी प्रमुख तुलसीप्रसाद अधिकारीले जानकारी दिए ।
प्रहरीले हत्यामा प्रयोग गरिएको चक्कु, होटलको खाता र मृतकको मोबाइल नदीको बगरमा बालुवामा गाडिएको अवस्थामा बरामद गरेको पनि जनाएको छ ।
- See more at: http://medianp.com/2016/03/80843.html#sthash.3NAFUcuV.dpuf
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
0 comments: