होसियार ! तपाईले प्रेमले गर्ने चुम्बनले क्यान्सर हुन सक्छ -

9:00 AM 0 Comments

एजेन्सी, २४ भदौ । तपाई कसैलाई असाध्यै प्रेम गर्नुहुन्छ भने त्यो प्रेम चुम्बनका माध्यमबाट अभिवयक्त गर्नुहुन्छ । धेरै युवा युवतीले त सेक्समा भन्दा चुम्बनमा गहिरो आनन्त प्राप्त गर्ने गरेका बताएका छन् । तर, प्रेम अभिव्यक्तिको त्यहि माध्यम तपाईको जीवनमा ठूलो रोग निम्त्याउँन सक्ने कारण बन्न सक्छ भनेर तपाईलाई थाहा नहुँन सक्छ । तपाईले गहिरो प्रेमले कसैलाई गरेको चुम्बनले तपाईलाई क्यान्सर सम्म हुन सक्छ । तपाईलाई मात्रै होइन तपाईको मायालुलाई पनि क्यान्सरको मुखमा धकेल्ने एउटा माध्यम बन्न सक्छ चुम्बन । एक अनुसन्धानले धुम्रपान तथा मद्यपानले भन्दा पनि चुम्बनले मानिसमा क्यान्सर हुने खतरा बढी रहेको बताएको छ । अस्ट्रेलियाका डाक्टरहरुले गरेको अनुसन्धानमा चुम्बनले टाउको र घाँटीको क्यान्सरको जोखिम एकदमै बढी तथ्य सार्वजनिक गरेको हो ।

अस्ट्रेलियाको रोयल डार्विन अस्पतालका टाउको तथा घाँटीको सर्जन डाक्टर महिवान थोमसले चुम्बनका बेला धेरै प्रकारका क्यान्सरको कारक तत्वको रुपमा रहेको ह्युम प्यापिलोमा भाइरस सर्ने खतरा हुने बताए । यो भाइरसबाट महिलाको पाठेघरमा समेत क्यान्सर हुने खतरा बढी हुन्छ । खासगरी युवावर्गमा मुखमैथुन सुरक्षित रहेको र यसबाट पर्याप्त आनन्द प्राप्ति हुनुका साथै गर्भाधारणको जोखिम पनि नहुने सोँचका कारण मुखमैथुनको क्रममा वृद्धि भएको भन्दै उनले यसले सबैभन्दा धेरै जोखिम बढाएको बताए ।

क्यान्सरको कारक तत्वको रुपमा रहेको भाइरस संक्रमणमा मुखमैथुनका साथै धेरै पार्टनरसँग चुम्बन गर्नुपनि रहेको छ । यौन सम्पर्क बाहेकका अन्य खाले यौन सम्बन्ध तथा व्यवहार अर्थात् पेटिङ पनि क्यान्सरको लागि जोखिमपूर्ण व्यवहारको रुपमा देखिने गरेको छ । शोधकर्ताका अनुसार यदि कसैले ६ जना भन्दा बढि मानिससँग नियमित चुम्बन गर्ने गरेको छ भने उसमा ह्युम प्यापिलोमा भाइरसको संक्रमण उच्च रहन्छ र ९ जनाभन्दा बढिलाई बारम्बार चुम्बन गर्ने मानिसमा त यसको जोखिम उल्लेखनीय रुपमा बढि हुन्छ ।


भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: