उता नसोधी संविधान जारीगर्दा दुःख पाइयोःउपप्रम केसी
काठमाडौँ, ४ माघ ।
उप प्रधान एंव सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले नेपाली संविधान संशोधन नेपाली जनताका लागि नभई अर्कैका कारण संसदमा दर्ता भएको बताए ।
नेपाल–क्यानडा मैत्री तथा साँस्कृतिक संघको आयोजनामा ‘पर्यटन र पर्वतारोहणः नेपाल–क्यानडा’ विषयक अन्तरक्रियामा उनले भारतप्रति इंकित गर्दै भने, ‘यसपाली कसैलाई नसोधी संविधान जारी गर्ने र सरकार प्रमुख बनाउनाले नेपाल र नेपालीले सास्ती खेप्नु परेको छ ।’‘संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव पनि नेपाल र नेपाली जनताको लागि नभई अरु कसैको चाहनामा दर्ता भएको अवस्था छ’ उनले भने ।

उनले नेपाल र क्यानडा भौगोलिक रुपमा टाढा भएपनि सम्बन्ध सुमुधुर रहेको चर्चा गर्दै नेपालीहरु पेटपाल्न क्यानडा जाने गरेको र क्यानडेलीहरु नेपालको हिमाल, पहाड हेर्न आउने गरेको बताए । ‘उनीहरु जति आउँछन्, बढाउन सके नेपालले आर्थिक रुपमा लाभ उठाउन सकिन्छ’ उनले भने, सिता राम्री भएकाले राम र पछि रामणको आँखा लागेझै हाम्रो हिमाल र त्यहाँबाट बग्ने पानीमा अरुको आँखा लाग्नुले नेपालीले समस्या भोग्नु परिरहेको छ ।’
आफु सहकारी तथा गरिवी निवारण मन्त्रालयमा भए पनि प्रधामन्त्री, स्थानीय मन्त्रालयमा धन रहेकाले केही गर्न नसकेको खुलासा गरे । उनले एक फरक प्रसङगमा संघियता मुलुकको गलपासो भएको जानकारी बताए । नेपाल–क्यानडा मैत्री तथा साँस्कृतिक संघका अध्यक्ष हिरण्यलाल श्रेष्ठले नेपाल हिमालहरुको राजधानी भएकाले यसको रक्षाका लागि विश्वभरीका नागरिक लाग्नुपर्नेमा जोड दिए ।
नेपाल–क्यानडाको ५१ औँ मैत्री दिवशका अवसरमा आयोजित कार्यक्रममा उनको तर्क थियो, ‘चीन र भारतको विकासमा खुशी छौ, तर उनीहरुको कारण हाम्रा हिमालहरु पग्लँदै र औलो रोगले पहाड चढ्दैछ ।’ उनले वर्षमा चालिस हजार क्यानेडेली नागरिकले नेपालमा आउने गरेको र त्यो मात्रा बढाउने वातावरणका लागि सरकार र पर्यटन ब्यवसायीहरुलाई आग्रह गरे ।
वेल्जियमका कन्सुलर आङ छिरिङ शेर्पाले कार्यपत्र पेश गर्दा नेपालमा आठ हजार मीटरभन्दा अग्ला हिमाल आठ नभइ चौध वटा रहेको चर्चा गरे । उनले हिमाल नेपालको आर्थिक विकासको आधार हुने तर्क गर्दै हिमालय क्षेत्र जोगाउन आवयक रहेकोमा जोड दिए । सोही कार्यपत्रमाथि पूर्व मन्त्री आङकिला शेपाले टिप्पणी गर्दै भनिन्,‘आफ्नो सम्पदा नजागाउने हो भने अहिले गाउ खाली छन् भोली हिमाल उजाड हुने खतरा छ ।’
f
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
.png)

0 comments: