यस्ता छन् विश्वका ६ कहाली लाग्दा सडक (तस्विरसहित)
एजेन्सी ।
मानिस सहजरुपमा आवत जावत गर्नका लागि सुविधा सम्पन्न, सरल, ठुलो, फराकीले सडक खोज्ने गर्दछ । जसले गर्दा यात्रा सहज हुन्छ, समयमा नै गन्तव्यमा पुग्न सकिन्छ । यात्रा वास्तवमा नै यात्रा जस्तै हुने गर्दछ । तथापी नेपालका सबै ठाँउमा सहज रुपमा यात्रा गर्ने खालका सडक छैनन् ।
जसले गर्दा यात्रा निकै कष्टकर बन्ने गरेको छ । नेपालमा सडक यात्रा गर्नु पुर्व श्री शुपतिनाथको कृपा । भन्नु पर्ने अवस्था छ । के नेपालमा मात्र हो त त्यस्ता असुरक्षित सडक? अन्य देशका सडक नेपालका भन्दा फराकिला, सहज छन त यो जो कोहिको मनमा पनि उब्जने प्रश्न हो ।विश्वमा त्यस्ता ६ खतरनाक सडक छन् जहाँ जो कोही जानै सक्दैन । त्यस्ता सबैभन्दा खतरनाक सडक यस्ता छन्ः
१ फ्रान्सको पासा दु गोज सडकः
यो यस्तो खतरनाक एवं साहसिक मार्गका रुपमा पर्छ जहाँ दैनिक दुई पटक उच्चतहको छाल आउँछ । त्यो कतिबेला आउँछ कसलाई पत्तो ।

यात्रा गर्ने यात्रुलाई भूकम्पको बेलाजस्तो हे श्री पशुपतीनाथ, यात्रा शुभहोस, राम–राम–राम भन्नु पर्नेजस्तो ।
२. इजिप्टको लग्जर अल हर्गादा सडकः
यो सडक यति खतरनाक छ कि गाडीको हेडलाइट नै बन्द गर्नुपर्छ । सूर्यास्त भएपछि त झनै कुनै पनि लाइट बाल्नु हुँदैन ।
बिना बत्ती हावाको भरमा चलाउनु पर्ने यो सडक पार गर्ने जोकोहीलाई मृत्युको मुखमा पुगेकोजस्तो हुने गर्छ ।३. चीनको तियान मेन शान बिग गेट सडकः

यो तियान मेन माउन्टेन राष्ट्रिय निकुञ्जभित्र पर्छ । तर ११ किलोमिटर लामो यो सडक पार गर्न निकै सकस छ ।
४. अष्ट्रेलियाको आयर हाइवेः
यो विश्वकै सर्वाधिक राम्रो राजमार्ग पर्छ । १६७५ किलोमिटर लामो राजमार्गमा कतै बाङ्गोटिङ्गो बाटो पर्दैन, सीधा ।

तर यसले यात्रु वा चालकलाई यति एक्लो र थकित महसुस बनाउँदो रहेछ कि सबैभन्दा बढी दुर्घटना हुने राजमार्ग नै यही पर्छ ।
५. भारतको जोजी लाः
यो यस्तो सडक हो जसले लदख र प्रशासित क्षेत्र काश्मीरलाई जोड्छ ।

सबैभन्दा अग्लो पहाडमध्येको यो सडक यति साँघुरो छ कि हेर्दाहेर्दै चिप्लिन बेर नलाग्ने । यो सडकमा यात्रा गर्ने जो कोहीले ज्यान झोलामा राखेर हिंड्नुपर्ने अवस्था आउँछ ।
६. न्यूजिल्याण्डको स्किपर क्यानोड रोडः
साँघुरो र चिप्लने खतरा रहने यो सडक ऐतिहासिक भएकाले त्यत्तिकै छाडिएको छ ।
यसले हरर चलचित्रका दृश्यसमेत बिर्साउने गरी तर्साउन भने तर्साइरहन्छ ।भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
.png)

0 comments: