‘पलक’, ‘गुत्थी’ र ‘दादी’ विरुद्ध उजुरी दर्ता

1:37 AM 0 Comments


भारतीय चर्चित कमेडी शो ‘कमेडी नाइट्स विथ कपिल’का तीन कलाकारसहित नौ जनाविरुद्ध उजुरी दर्ता भएको छ । उनीहरुविरुद्ध धार्मिक भावनाप्रति चोट पुर्‍याएको आरोप छ ।

‘डेरा सच्चा सौदा’ नामक धार्मिक सँस्थाका प्रमुख गुरमीत राम रहीमको मजाक उडाएको भन्दै कमेडी नाइट्स विथ कपिलका कीकु शारदा (पलक), सुनिल ग्रोवर (गुत्थी), अली असगर (दादी) सहित नौ जनाविरुद्ध उजुरी दर्ता गरिएको हो ।


जिटिभिबाट प्रसारण हुने कार्यक्रम ‘जश्न ए आजादी’ मा उनीहरुले ‘डेरा सच्चा सौदा’ नामक धार्मिक सँस्थाका प्रमुख गुरमीत राम रहीम अभिनित चलचित्र ‘एमएसजी २’ को दृश्यमाथि छेडछाड गरेका र रहीमको भेषमा धर्मको मजाक उडाएको’ भन्दै उजुरी हालेका हुन् ।



- See more at: http://www.zoomnp.net/archives/20202#sthash.EHT4fDDR.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: