मोर्चाको आन्दोलनमा प्रहरीको गोली लागेका युवाको मृत्यु -

1:40 AM 0 Comments


राैतहट-मधेस अान्दोलनको क्रममा प्रहरीको गोली लागि घाइते भएका मध्येका एकजनाको ज्यान गएको छ। राैतहटको अकोलवा गाविस ५ का ५० बर्षीय शेख माहिरूद्दिनको उपचारको क्रममा वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी प्रमुख गणेश रेग्मीले बताए। गत असोज २७ गते प्रदर्शनको क्रममा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर उनी घाइते भएका थिए। उनको गुप्तांगमा गोली लागेको थियो। घाइते शेखको काठमाडाैंमा उपचार पछि घर लगिएको थियो। घाउ निको नभएपछि उनलाइ नारायणी अस्पतालमा भर्ना गरिएको थियो।

मुस्लिम संघर्ष गठबन्धनका संयोजक हाजि जिकरूल्लाले मृतकलाइ सहिद घोषणा गर्दै क्षतिपूर्ति दिनुपर्ने बताए।


चार महिनादेखि जारी मधेस अान्दोलनका क्रममा राैतहटमा मत्रै हालसम्म ३ जनाको ज्यन गएको छ। यसअघि राैतहटका राजकिशोर ठाकुर र तवरेज अालमको ज्यान गएको थियो।

- See more at: http://www.zoomnp.net/archives/20211#sthash.4fUqGKPQ.AOmgqguv.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: