राम्री मैयाँको जालमा परेपछि राजधानीमा यसरि लुटिनछन् यूवाहरु

1:05 AM 0 Comments


पुस । धनी युवाहरुसँग नजिकिएर होटेलमा पुर्‍याई लुटपाट गर्ने एक यौनकर्मी युवती पक्राउ परेकी छन् । काभ्रे लाकुरीभञ्ज्याङ घर भएकी २४ वर्षीया गीता भनिने वर्षा तिमल्सिनालाई प्रहरीले गत आईतबार पक्राउ गरेको हो ।उनले गत २२ मंसिरमा एक युवकलाई फकाएर होटलमा पुर्‍याई राति धनमाल चोरेकी थिइन् । विदेशबाट फर्किएका कालिकोट घर भएका बम थरका युवकलाई ठमेलको होटल मेट्रोइमा पुर्‍याई उनले सुनका गहना तथा मोबाइल लुटेकी थिइन् ।

होटेलको ३०३ नम्बर कोठामा उनीहरुसँगै सुतेका थिए । बम बिहान ब्यूँझिँदा युवतीले उनका सबै धनमाल लिएर भागिसकेकी थिइन् । अघिल्लो दिन रेस्टुरेन्टमा उनले ति युवतीलाई भेटेका थिए । नयाँ पत्रिकामा खबर छ ।शारिरीक सम्पर्कका लागि भनेर होटल पुर्‍याई अत्याधिक मदिरा खुवाएर बेहोस बनाएपछि धनमाल लुटेर उनी भागेकी थिइन् ।

उनले दुई तोलाको ब्रासलेट, सबा तोलाको सुनको औंठी तथा एउटा आईफोन चोरेकी थिइन् । चोरी गरेको सामानसहित उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी सीताराम रिजालले बताए । - 

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: