नेपाली नेता सहमतिमा पुगे भारत स्वागत गर्न तयारः भासपा प्रवक्त भदौरिया
काठमाडौँ, ४ माघ ।
भारतीय समाजवादी पार्टीका प्रवक्त सुधिन्द्र भदौरियाले नेपालका दलहरुवीच भईरहेको छलफल सहमतिमा पुगे त्यसलाई भारतले स्वागत र समर्थन गर्ने बताए ।
राजधानीमा आयोजीत साक्षात्कारमा उनले भने,‘नेपालको समस्या समाधान एउटै मात्रै बाटो सम्झौता हो । यो छिटो होस, अब कत्तिजेलसम्म संघर्षमात्रै गरिरहने । यहाँका दलहरुबीच सहमति भए हामी स्वागत गर्छौ । हामी खुसी हुन्छौ ।’ भदौरियाले नेपालमा संविधान बन्दा नै सबैले समेट्न सकेको भए राम्रो हुन्थ्यो भन्दै ढिलै भए पनि सबैलाई समेट्ने प्रयास हुनु सकारात्मक रहेको टिप्पणी गरे ।

उनले भने,‘संविधानमा भएको कमि पुरा गर्ने प्रयास भईरहेको छ । अब यो छिटोहुनु पर्छ । मधेसीलाई समाहित गर्ने काम छिटो होस । आशा धेरै हुँदा पुरा हुँदैन अनि बार्ता हुन्छ । यसको निकास बार्ता बाहेक अर्को छैन ।’
भदौयिराले फागु पुर्णिय भन्दा अघि नै सहमति गरेर सबै नेपालीले खुसीयालीपूर्वक पर्व मनाउन भन्ने कामना समेत ब्यक्त गरे । नेपाल भारत एक अर्का प्रति आश्रित रहेको उल्लेख गर्दै नेपाल भारतमा देखिएको समस्या सुल्झाउन आफूहरु लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।
उनले भने,‘हामी सगरमाथाबाट निस्कने नदिको पानी पिउछौ, सिचाई गर्छौ, जीवन चलाउँछौ त्यसैले यो समस्या सुल्झाउनु पर्छ । नेपालको समस्या नेपालीले सुल्झाउनु पर्छ । नाकामा देखिएको समस्या सुल्झाएर
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
.png)

0 comments: