भूकम्प पीडित बालबालीका भन्छन,‘भूकम्पले बा–आमाको साथ त टुट्यो, भविश्य झनै अन्योल बनायो’

10:45 PM 0 Comments


काभ्रे, ४ माघ ।

बनेपा बजारबाट ५ किलो मिटरको दूरीमा हानिँदा सदरमुकाम धुलिखेल बसपार्क पुगिन्छ । त्यहाँबाट १० मिनेट पैदल यात्रामा सञ्जीवनी नमुना उच्च माध्यामिक विद्यालयको कक्षा कोठामा पुग्दा विद्यालय पोसाकमा पढि रहेको भेटिन्छन बुबा आमा दुबै गुमाएका देबिटार–१ का मदन र उनका भाई पदमलाई ।
भेटको क्रममा अझैपनि जो कोहीसँग उनी दुई दाजु भाईले आफ्नो पिडा सुनाउँदा सुनाउँदै भाकनीन्छन । मलिनो स्वरमा मदनले आफ्नो पिडा र दुःखको बारेमा बिस्तारै बेलीविस्तार लगाउछन । गरिब माथि झन दुःखले थिचिदो रहेछ, मेरो भाग्यमा दुःखैदुःख लेखेको रहेछ, हरदिन दुःखलाई बोकेर बाँचेरहेको छु । पिडालाई भुल्न खोज्छु तर भुल्न सकिएन पदमले आफ्नो पीडा पोखिन् ।




१२ वैशाखको विनाशकारी भूकम्पले पदम र उनका भाई पेम्बाको वर्षौंदेखिको बास मात्रै ढालेन, जन्मदिने बाबुआमा पनि चटक्क चुँडेर लग्यो ।
बिहिवार सदरमुकाम धुलिखेलस्थित–२ अड्डबजार सञ्जीवनी नमुना उच्च माध्यमिक विद्यालय पुग्दा मदन र उनका भाई पेम्बा जस्ताको टहरोभित्र न्याउरो अनुहारमा लुकलुक कामेर पढदै गरेको भेटिए । पदम र मदन कक्षा ९ मा पढछन् । उनीहरुलाई नजिकको साथी संगीहरु बाहिर गएर हास्दै खेल्दै गर्दा अझै पनि मदन र उदमको अनुहार हसिलो र आँखा अझै ओभाइएको देखिएनन् ।

राज्य सञ्चालनको जिम्मा लिएकालाई भूकम्पपिडितको कथा पुरानोजस्तो लागे पनि दर्जनौँ मदन र पदमहरुका लागि गत १२ वैशाख कहिल्यै निको नहुने घाउ बनेको छ । बर्खामास र चिसोयामले त्यही घाउमा नुनचुक छरेर जान्छ । यो पुस–माघको जाडोले आजभोलि दुई दाजुभाईको मुटु कमाउन थालेको छ । पढनलाई भन्दा चिसोबाट जोगाउन न्यानोको जोहो कसरी गर्ने भन्ने चिन्ताले सताउन थालेको बताउँछन । तर उनीहरुलाई नेपाल युथ फाउण्डेसन नामक संस्थाले पढाउदै आएका छन पदम १७ वर्ष र पेम्बाले १५ वर्षका भए ।

भूकम्पले बा–आमालाई चुँडेर नलगेको भए आज दुई दाजु भाई निजी घरमै बसेर आमाले पकाएको तातो भात खाएर कापी कलम बोकेर पढनालाई स्कूल जान्थ्यो होला । पदमलाई ठूलो बोझले थिचिएको छ आफु पढने र भोलिको भाविष्यमा के गर्ने भन्ने चिन्ता छ तर आज उनको बोझको कथा सुन्दा आङ जिरिंग हुन्छ । बा–आमाको मृत्युपछि घरको सम्पूर्ण जिम्मा पदमको काँधमा माथि आएको छ । बा–आमालाई चुडेर लगेदेखि टहरामा चुलो बनेको छैन् ।



आफ्नो भविष्यको लागि दुई दाजु भाई पढनका लागि अरुको सहरामा बाच्न बिबस छन । संरक्षणबिहिन बनेका आफूभन्दा मुनिका भाइको रेखदेख, पालनपोषण र बिहेबारी अब उनैले गरिदिनुपर्नेछ । सस्थाले खाना बस्ने र पढाउने सामान्य सहयोग गरे पनि अवस्था सोचेजस्तो सहज छैन । काका धावा लामाले भने–‘के गर्ने मर्ने मरेर गए, बाँच्नेले पढने र पढेर ठूलो मान्छे भएर आफ्नो भविष्य कसरी बढने भन्ने चिन्ताले दिनरात सताउन थालेको छ ।’ जिन्दगी नै कसरी चलेको छ भन्नै नसक्ने अवस्थामा छु ।’

पदमका बाबु पेम्बा लामा लसुन केलाउँदै थिए । बिहानको खाना पकाउदै थिइन आमा घर भित्र एक्कासि धर्ती हल्लिँदा उनीसँगै श्रीमती पुतली पनि एकै ठाउँमा पुरिइन् । त्यही दिनदेखि सुरु भएको मदन र पेम्बाको दुःखको सबै कथा उतार्ने हो भने एउटा पुस्तक नै तयार हुन्छ । बा–आमाको काजकिरिया खर्च र जस्तापाता किन्न भन्दै सरकारले दिएको १५ हजार रुपैयाँ पाए पनि उनका लागि त्यो रकम ‘हर्ष न विस्मात’ जस्तै भएको छ ।

रातदिन छाती पिटेर जति रोए पनि नयाँ ढंगले जिन्दगीको सुरुवात गर्नुको विकल्प थिएन । मदन र पदममाथि पीडाको पहाड यति ठूलो छ कि, त्यो पीडाको कथा सुनाउँदा उनलाई भक्कानो छुटिहाल्छ । जिल्लामा उनिहरु जस्ता पिडीत सयौँको सङख्यामा रहे पनि बालबालिकाको लागी काम गर्ने सस्थाले कुनै चासो दिन सकेको छैन ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: