चीनले रेलवे कुटनीतिमार्फत काठमाडौलाई यसरी बनाउँदैछ दक्षिण एसियाको मूलढोका -

11:30 PM 0 Comments


एजेन्सी । आधुनिक विकाससँगै विश्वभर स्थल यातायातको रुपमा रेलवे विस्तारको क्रम तीव्र गतिमा बढेको छ । विकसित मुलुकहरुले आफ्नो प्राविधिक क्षमता अनुसारका रेलवे सेवाहरुको निर्माण र विस्तार गरिरहेका छन् । यो प्रतिस्पर्धामा चीन,जापान, स्पेन, फ्रान्स, रुस, अमेरिका लगायतका विकसित मुलुकहरुको प्रतिस्पर्र्धा देखिने गरेको छ ।

संसारकै तीव्र गतिमा दौडने रेल बनाएर चीन, जापान, स्पेन, फ्रान्स लगायतका राष्ट्रहरुले आफुलाई विश्वका प्रतिस्पर्धी मुलुकहरुको स्थानमा राखिरहेका छन् । तर नेपालजस्ता अल्पविकसित मुलुकले यो प्रविधिको विकास कहिले गर्ने रु यो यातायातको सवालमा नेपाल किन अहिलेसम्म अनविज्ञनै रह्यो । उत्तर र दक्षिणमा चरम विकास गरेका चीन र भारतजस्ता मुलुकहरु रहेका छन्, उनीहरु यो प्रविधिको विकास गर्न प्रतिस्पर्धा गरिरहेका छन् । तर नेपाल यो मामलामा जहिल्यै ओझेल परिरह्यो ।
त्यसमध्ये पनि चीनले रेलवे विस्तारको विकासलाई विश्वलाई नै चकित बनाउने किसिमले विकास गरिरहेको छ । उसले बाह्रौं पञ्चवर्षिय योजनादेखि चिनियाँ रेलवे कर्पोरेशनले तीव्र गतिको रेल प्रणालीको निर्माणलाई तीव्र पारेर राष्ट्रिय तीव्र गतिको रेल प्रणाली आधारभूत रुपमा स्थापित भएको घोषणा समेत गरिसकेको छ । चीनले भनेको छ, सन् २०१५ सम्म चिनियाँ तीव्र गतिको रेलको संचालन माइलेज १९ हजार किलोमिटर पुगेर विश्वमै प्रथम स्थानमा रहेको छ ।


तीव्र गतिको रेलवे र अरु रेलवेद्वारा गठित तीव्र गतिका यात्रुवाहक रेल सञ्जालले पाँच लाख जनसंख्या भएका सबै शहरलाई ढाकिसकेको छ । चीनको यो दाबीबाट बुझ्न सकिन्छ, उसले विश्वलाई प्रभाव पार्ने किमिमले यो क्षेत्रको विकास गरिसकेको छ र छिमेकी मुलुकहरुले पनि रेलवे यातायातको विकास गर्न सकुन् भन्ने चीनको भित्री आंकाक्षा रहेको देखिन्छ । नेपालसँग व्यापारिक सम्झौता र उसले गरेका विभिन्न रेलवे सम्बन्धि बहसहरुले यो कुराको पुष्टि गरेको छ ।

चीनको बाह्रौं पञ्चवर्षिय योजनाको अवधिमा चिनियाँ रेलमा ३५ खर्ब ८० अर्ब चिनियाँ युआन लगानी भएको बताइन्छ । त्यसमा ३० हजार पाँच सय किलोमिटरको रेलवे थपिएको जनाइएको छ । चीन सरकारको एघारौं पञ्चवर्षिय योजनाको तुलनामा यसमा बेग्ला–बेग्लै रुपमा ४७.३ प्रतिशत र १०९ प्रतिशत बढेको हो । चीनको पछिल्लो योजना रेलवेको विकास र अन्य यातायातको विकास गर्दै त्यसमार्फत चीनको आधुनिक विकास गर्ने मात्र होइन, उसले एसिया र विश्वलाई प्रभाव पार्ने योजना बनाएको चिनियाँ सञ्चारमाध्यमहरुले बताउँदै आएका छन् ।

चीनका यी दूरदर्शी योजनाहरुसँग नेपाल सरकारले तय गर्ने योजनाहरुसँग सहकार्य गर्ने विषय अनिश्चित देखिए पनि चिनियाँ सरकारले दक्षिण एसिया छिर्नका लागि मूल ढोकाको रुपमा प्रयोग गर्न खोजिरहेको तिब्बतभित्र उसले तिव्र रुपमा रेलवे सेवा र अन्य यातायातका सेवाहरुको विस्तार गरिरहेको छ । चीन सरकारको यो विकासको रफ्तारले नेपालमा पनि रेलवे सेवा विस्तारमा घच्घच्याउने सरोकारवालाहरुले बताउने गरेका छन् ।

नेपालसँग भारतको सहयोगमा विस्तार भएको जनकपुरमा सञ्चालित छोटो दूरीको एकदमै पूरानो रेलवे प्रविधि निर्माणको थोरै अनुभवबाहेक यो क्षेत्रको विकास र विस्तारबारे कुनै अनूभव छैन् । रेलवे विस्तारका सवालमा हुने बहसहरु आजकाल बहसमै थन्किने गरेका छन् । चीनले नेपालले साथ दिने हो भने तिब्बतको सिगतात्सेसम्म आएको रेलवे सेवालाई काठमाडौँ हुँदै लुम्बिनीसम्म पु¥याएर दक्षिण एसियासँगको सामरिक र व्यापारिक सम्बन्धलाई बलियो बनाउन खोजेको देखिन्छ तर काठमाण्डुले आत्मैदेखिउसको यो योजनालाई साथ दिइरहेको देखिदैन ।

तिब्बतमा चीनले विस्तार गरेको आधुकिन रेलवे सेवा नेपाल भित्र्याउन सम्बन्धित पक्षले बेलैमा बहस उठान गर्नुपर्ने सरोकारवालाहरुको भनाई छ । चीनले भगवान बुद्धप्रति देखाएको अगाध स्नेह र लुम्बिनी विकास गुरुयोजना मार्फत त्यो क्षेत्रको विकास गर्न उसले देखाएको महोत्वाकांक्षाले पनि तिब्बतको रेल काठमाण्डु–लुम्बिनी ल्याउन सकिने देखिन्छ । यसले नेपालको भविष्यमात्र होइन, दक्षिण एसियाको विकासमा नै कोशेढुंगा सावित हुनसक्ने नेपाल–चीन मामलामा सरोकार राख्ने जानकारहरुको भनाई छ । काठमाडौँ टुडेबाट

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: