मधेसी मोर्चाद्वारा ११ दिने कडा आन्दोलनका कार्यक्रम घोषणा, अब काठमाडौँमा होइन मधेसमा मात्रै वार्ता हुन्छ – मोर्चा

2:23 AM 0 Comments

सरकार र नेपाली कांग्रेससँगको वार्तालाई औचित्यहीन बताउँदै आन्दोलरत संयुक्त मधेसी मोर्चाले ११ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। शुक्रबार राजधानीमा बसेको मोर्चाको बैठकले अब मधेसमा मात्रै वार्ता गर्ने पनि निर्णय गरेको छ। मोर्चाले पुस ५ देखि १५ गतेसम्म आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ। कार्यक्रममा मन्त्री, सरकारका प्रतिनिधि र सांसदहरुलाई जिल्ला प्रवेशमा रोक लगाउने, जनप्रतिरोध गर्ने, सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने, संविधान संशोधन विधेयकको प्रति जलाउने लगायतका आन्दोलनका कार्यक्रमहरू छन्। अधिकांश जनताले संविधान अस्विकार गरेको भन्दै मोर्चाले संविधानको पुर्नलेखन गर्नुपर्ने माग पनि मोर्चाले दोहोर्‍याएको छ ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: