स्पेनबाट शिवाकोटीले यसरी सम्झिए आमालाई (भिडियोसहित) -
काठमाडौं, १८ फागुन । बार्सिलोना निवासी गायक तुलसी शिवाकोटीले नयाँ गीत लिएर दर्शक तथा श्रोतामाझा आएका छन् । शिवाकोटीको अन्य गीतको लोकप्रियता सँगै फेरी नयाँ गीत लिएर आउन हौसला प्राप्त भएको उनि बताउँछन ।
स्पेनमा रहेर गायन क्षेत्रमा सक्रिय रहेका शिवाकोटी मुहार नामक एल्बम लिएर स्रोतामाझ आएका हुन् । आफ्नो आमाबाट टाढा रहनु पर्दाको पिडा र विदेशमा रहँदा आउने आफ्नो देशको सम्झनालाई उनले भावनात्मक रुपमा प्रस्तुत गरेका छन् ।

प्रवासमा रहेका नेपालीहरुले आफ्नो गाउँ घर तथा मातृभूमिको सम्झना र कल्पनाको शब्द संयोजन गरिएको यस गीतका गीतकार रोजी लाबुंग राइ तथा संगीतकार बिनोद बराइली रहेका छन । तुलसी सिवाकोटीको स्वर रहेको उक्त गीतमा विभिन्न देशहरुमा प्रवासी जिवन बिताउन पुगेका नेपालीहरुलाई नेपाल आमाको माया दर्साउन खोजिएको छ ।
छोराछोरीको मायाले आमाले घर बोलाउँदा पनि बाध्यताले घर आँउन नपाएको नेपालीहरुको पीडा समेटिएको शिवाकोटी बताउँछन् । ग्राम सापकोटाको निर्देशन रहेको उक्त म्यूजिक भिडियो उमारण क्रिएशनले ल्याएको हो ।-

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
0 comments: