मलेसियाद्वारा विदेशी कामदार लिन प्रतिबन्ध
मलेसिया सरकारले अन्य देशका नागरिकलाई रोजगारी नदिने निर्णय गरेको छ । मलेसियामा विदेशी कामदार कति छन भनेर तथ्याङक संकलन नगरेसम्मका लागि विदेशी कामदार नलिने निर्णय गरेको छ ।
मलेसियाका उपप्रधान तथा गृहमन्त्री अहमद जाहिद हमिदीले सारवाक राज्यमा आयोजित कार्यक्रममा सबै मुलुकबाट कामदार लिन आजैबाट प्रतिबन्ध लगाइने बताए । मेलसियाको सरकारी समाचार संस्था बर्नामामा उल्लेख भएअनुसार सरकारले विदेशी कामदारका लागि दुई किसिमको लेभीबारे पनि समीक्षा गर्ने छ । विदेशी कामदार भित्र्याउने कार्यक्रमलाई सरकारले गम्भीर रुपमा लिएको बताइएको छ ।
कामदारको कहाँ कति आवश्यकता छ भन्ने यकिनपछि मात्र विदेशी कामदार लिन सकिने बताइएको छ । मलेसियालाई अवैध कामदारमुक्त मुलुक बनाउन यो अभियानले साथ दिने बताइएको छ । सरकार अवैध कामदारलाई फेरि वैधानिक बनाउने र मलेसियालाई अवैध कामदारमुक्त मुलुक बनाउनेतर्फ लागिरहेको बताइएको छ ।
उनका अनुसार पुनःदर्ता कार्यक्रममा सहभागी नहुनेलाई अवैध कामदारको रुपमा पक्राउ गरिनेछ । सरकारको आह्वानलाई अटेर गरी वैधानिक बसोबास गर्ने कामदारलाई सुरक्षाकर्मी परिचालन गरेर पक्राउ गर्ने गृहमन्त्री हमिदीले चेतावनी समेत दिएका छन् ।
मलेसियामा वैधानिक ५ लाख र अवैध २ लाख नेपाली रहेको अनुमान गरिएको छ । मलेसियाली सरकारको यो निर्णयले नेपाली कामदार प्रत्यक्ष प्रभावित हुनेछन्।
- See more at: http://www.lightnepal.com/1674#sthash.1iISyrWL.dpuf

0 comments: