श्रीमान पनि गुमाएकी गीता राउतलाई जहाज दुर्घटनासंगै एक्ली छोरी रमाले पनि छोडेर गइन
काठमाडौं । आज बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज म्याग्दीमा दुर्घटना भयो । सो जहाजमा दुर्घटना हुँदा चालक दलका ३ सदस्यसहित २३ यात्रुको मृत्यु भएको छ।
चालक दलमा पाइलट रोशन मानन्धर, को–पाइलट दिकेश नेमकुल र एयर होस्टेज रमा राउत थिए।
तीन वर्षदेखि तारा एयरमा एयर होस्टेजका रूपमा कार्यरत २६ वर्षे रमा काठमाडौं कुलेश्वरकी हुन ।
उनकी ५० वर्षीया आमा गीताले आफ्ना श्रीमान वा रमाका बाबुलाई गुमाइसकेकी छन् । साथमा रहेकी एउटी छोरी पनि जहाज दुर्घटनासंगै गुमाउनु पर्दा बेहोस भएकी छन् ।
रमाका एक दाजु र एक भाइ पनि छन्। रमाले आमा गीतलाई जोमसोम जाने खबर सुनाएकी थिइन । आज विहान विमान दुर्घटनाको खबर पाएपछि आमा बेहोस जस्तै बनेर बसेकी छन् । रमा गत सोमबार काठमाडौंबाट पोखरा गएकी थिइन्।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
0 comments: