सबै विभेद अन्त्य भयो, अब सहिदको सपना साकार पार्नुपर्छः खनाल -
पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानको पूर्ण कार्यान्वयन भएमा मात्र सहिदको सपना पूरा हुने बताए । ६६ औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै उनले जहानियाँ राणाशासन, २०३६ साल, २०४६ साल र २०६२-६३ सालमा भएका आन्दोलनमा राष्ट्रलाई राजतन्त्रबाट मुक्ति दिलाउने वीर सहिदको सम्मान गर्नुपर्ने बताए ।
नेपालमा हालै जारी भएको नयाँ संविधानले नेपाली जनतालाई समान हक र अधिकार दिलाएको उल्लेख गर्दै यसले सबैखाले विभेद्को अन्त्य गरेको बताए । लोकतान्त्रिक संविधान, देशभक्तिपूर्ण, परिवर्तनमुखी र समाजवाद उन्मुख संविधान जारी भएकाले देश विकासमा जुट्न सबैलाई आग्रह समेत गरे ।
समाजमा जारी गरिबी, अशिक्षा र बेरोजगारी समस्यालाई उन्मूलन गर्न नयाँ संविधानले प्रशस्त मार्गदर्शन गरेको विचार व्यक्त गर्नुहुँदै उनले आर्थिक विकासको ढोका खुल्ला भएको बताए । मुलुकमा लामो समयदेखि जरा गाडेको राजतन्त्रको समूल अन्त्य भई मुलुक आर्थिक समृद्धि र विकासको पक्षमा अघि बढेको बताउँदै उहाँले अब आर्थिक क्रान्तिलाई न देश इतरको शक्तिले रोक्छ न त देशभित्रको शक्तिले रोक्न सक्छ, अब जस्तोसुकै कठिनाइको सामना गर्न सक्षम छ ।’

0 comments: