प्रधानमन्त्री ओली सहित चार दर्जन भारतको राजकीय भ्रमणमा -
प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा निस्केका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ४६ सदस्यीय उच्च प्रतिनिधिमण्डलको नेतृत्व सहित नयाँदिल्ली गएका हुन् ।
भारतको छ दिने राजकीय भ्रमणका लागि प्रस्थान गर्नुअघि प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरिएको छ ।
भ्रमण टोलीमा प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्यका साथै उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल रहेका छन् ।
त्यस्तै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, व्यवस्थापिका–संसद्का विभिन्न पार्टीका सदस्य, मुख्यसचिव डा. सोमलाल सुवेदी र सम्बन्धित सचिव तथा विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारी, सञ्चारकर्मी तथा व्यापारिक समुदायका प्रतिनिधि पनि भ्रमण दलमा संलग्न छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओली भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आतिथ्यतामा राष्ट्रपति निवास सप्रु भवनमा रहनु हुनेछ । प्रधानमन्त्री ओली भ्रमणका बेला आजै भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले ६६ औं राष्ट्रिय प्रजातन्त्र दिवसका उपलक्ष्यमा आयोजना गर्ने स्वागत कार्यक्रममा सरिक हुनेछन् । प्रधानमन्त्री ओलीको यो भ्रमणले पछिल्लो समयमा दुई देशबीच उत्पन्न तिक्ततालाई चिर्दै मैत्रीपूर्ण सम्बन्धमा रुपान्तरण गर्न उपलब्धिमूलक हुने अपेक्षा गरिएको छ ।

0 comments: