प्रधानमन्त्री केपी ओली भारत उड्नुअघि कडा विज्ञप्ती निकाल्दै मधेसी मोर्चाले यसो भन्यो
काठमाडौं: संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओली भारत जानुअघि कडा विज्ञप्ती निकाल्दै सरकारले सीमांकन मिलाउन बनाएको राजनीतिक संयन्त्रलाई अस्वीकार गर्ने घोषणा गरेको छ ।
सरकारले बिहीबार उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा गठन गरेको राजनीतिक संयन्त्रलाई एकपक्षीयको संज्ञा दिँदै मोर्चाले शुक्रबा निकालेको विज्ञप्तीमा सो घोषणा गरिएको हो ।
‘आफ्नो विदेश भ्रमणलाई उपलब्धीपूर्ण देखाउने मनासायका साथ संवाद नै विथोल्ने गरी सीमांकन मिलाउन राजनीतिक संयन्त्र गठन गरेर सरकारले तानाशाही चरित्र देखाएको छ’, विज्ञप्तीमा भनिएको छ, ‘सीमांकनमा देखिएको समस्या मिलाउन बनाइएको राजनीतिक संयन्त्र हामीलाई स्वीकार्य छैन।’
मोर्चाले जारी मधेस आन्दोलनका मागहरु पूरा गर्नुको साटो सरकार दम्भ र अहंकार देखाउँदै अघि बढ्दा संविधान संशोधन पनि एकपक्षीयरुपमा भएको आरोप लगाएको छ ।
विज्ञप्तीमा संघीय समाजवादी फोरम नेपालका नेता मंगलिसद्धी मानन्धर, तराई मधेस लोकतान्त्रिक पार्टीका सुरेन्द्र तिवारी, सद्भावना पार्टीका लक्ष्मणलाल कर्ण, तराई मधेस सद्भावना पार्टीका रामनरेश यादव, राष्ट्रिय मधेस सद्भावना पार्टीका केशव झा, नेपाल सद्भावना पार्टीका मोहम्मद सब्बिर खान र मधेसी जनाधिकार फोरम गणतान्त्रिकका परमे साहले हस्ताक्षर गरेका छन् ।

अन्नपूर्ण पोस्ट बाट

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
0 comments: