यस कारण अब मलेसियामा रोजगारीका लागि जान नपाइने
मलेसिया सरकारले आफ्नो मुलुकमा नयाँ बिदेशी कामदारलाई रोजगारी दिन बन्द गर्ने निर्णय गरेको छ ।मलेसिया उपप्रधानमन्त्री एवं गृहमन्त्री अहमद जाहिद हमिदीले शुक्रबार यस्तो घोषणा गरेका हुन् ।इण्डोनेसिसासँग सीमा जोडिएको सारवाक राज्यमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री हमिदीले सवै स्रोत मुलुकका कामदार लिन आजैदेखि बन्द गर्ने निर्णय गरिएको बताएको मलेसियाली सरकारी समाचार समिति बर्नामा ले जनाएको छ ।
‘अब हामीले बिदेशी कामदारको आबश्यकता कहाँ कति छ भन्ने यकिन गरेर मात्र बिदेशी कामदार लिन खुला गर्नेछौं’ हमिदीले भने ।
उनका अनुसार यस्तो निर्णय बंगलादेशी कामदारका हकमा पनि लागू हुने छ जोसँग मलेसियाका श्रममन्त्रीले बिहीबारमात्र ढाकामा १५ लाख कामदार मलेसिया लैजाने सम्झौता गरेका थिए ।उपप्रधानमन्त्री हमिदीले बिदेशी
कामदार लिने प्रकृया रोकेर लेभी दर लगायतका बिषयमा पुनःविचार गर्न लागिएको बताए । अहिले सरकारको ध्यान मुलुकभित्र रहेका अबैधानिक कामदारलाई पुनः बैधानिक बनाउने र मलेसियालाई अबैधानिक कामदारमुक्त बनाउनेतिर रहेको उनले बताए ।
पुनःदर्ता कार्यक्रममा सहभागी नहुने अबैधानिक कामदारलाई पक्राउ गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी धरपकड गरिने र उनीहरुलाई आफ्नै मुलुकमा फिर्ता गरिने उनले बताए ।
यो निर्णयसँगै मलेसिया सरकारले अब बिदेशी कामदारका ल्याउन स्वीकृति दिन बन्द गर्ने छ । नेपाली कामदारको बैदेशिक रोजगारीका लागि मुख्य गन्तब्य मानिएको मलेसियाको यो निर्णयले नेपाली कामदारलाई समेत प्रभाव पार्ने छ ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
0 comments: