यसरी भयो रंगशालामा हिलिङबाट उपचार

3:44 AM 0 Comments

काठमाडौँ, ७ फागुन । विनिप्रप्र सेवाकाई नेपालले दशरथ रंगशालामा शुक्रबार वृहत चंगाई कार्यक्रम गरेको छ । शारीरिक र मानसिक रुपमा अशक्तहरुलाई कार्यक्रममा हिलिङ विधिबाट उपचार गरिइएको थियो । कार्यक्रममा धेरैले हिलिङ अर्थात् प्रार्थनापश्चात आफूमा स्फूर्ति आएको बताए ।



काठमाडौँ र आसपासका २५ जिल्लाका मानिसलाई कार्यक्रममा सहभागी गराइएको थियो भने उनीहरुले प्रार्थनापछि शारीरिक र मानसिक रुपमा स्फूर्त भएर हिँड्न, बोल्न, सुन्नसक्ने भएको बताएका थिए । आयोजक संस्थाका अध्यक्ष चेतबहादुर खरेलले पवित्र मनले परमेश्वरलाई विश्वास गरेकाले आफू २५ वर्षको उमेरसम्म अपांग रहे पनि अहिले स्वस्थ भएको र त्यसपछि यही अभियानमा लागेको बताए ।

उनले हिलिङ कार्यक्रम देशभर सञ्चालन गरेर शारीरिक अशक्तहरुलाई स्वस्थ बनाउने अभियान चलाउन नै विश्वास गर्नुहोस्, निको हुनुहोस्, प्रशंसा गर्नुहोस्, प्रचार गर्नुहोस् (विनिप्रप्र) अभियान चलाउँदै आएका छन् । शुक्रबार रंगशालामा भएको कार्यक्रममा शारीरिक अशक्तहरुले आफ्नो जीवनमा परेको दुःखपछिका गवाही सुनाउनुका साथै भजन गाएर हिलिङ विधिबारे प्रस्तुति दिएका थिए ।
 

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: