यौनइच्छा लामो भए हुन्थ्यो

2:45 AM , 0 Comments

म विवाहित पुरुष हुँ, मलाई यौनइच्छा लामो समय वा पटक–पटक भए हुन्थ्यो जस्तो लाग्छ, तर एकपटकको चरम सन्तुष्टि पछि फेरि इच्छा जगाउन सक्दिनँ । मैले सुनेको थिएँ, महिलामा भने एक वा दुई पटकसम्म पनि चरम सन्तुष्टि हुन्छ । के यो सही हो ? के यस्तो समस्याको कुनै हल छ ?

यस्तो जिज्ञासा तपार्इंलाई मात्र होइन, अरूहरूलाई पनि हुन्छ । १९६६ को प्रख्यात पुस्तक ‘ह्युमन सेक्सुअल रेस्पोन्स’ मा उल्लेख भएअनुसार यौनसम्बन्धमा राम्रोसँग समायोजन गरिसकेका महिलाहरूले एकै पटकको यौन क्रियाकलापमा कम्तीमा पनि ३ देखि ४ पटकसम्म चरम आनन्द लिन सक्छन्, तर त्यसो भन्दैमा सबै महिलाले चरम आनन्द लिन सक्छन् भन्ने हुँदैन । कतिपय महिलालाई दुई–तीन पटक यौन सन्तुष्टि होस् भन्ने चाहना हुन्छ भने कतिपयलाई एकपटक नै पर्याप्त हुन्छ । कतिपय महिलामा चरम सन्तुष्टिमा नपुग्ने समस्या हुन सक्छ भने कतिपय महिलाले जीवनकालभरी नै चरम सन्तुष्टि प्राप्त गर्न नसकेको गुनासो पनि गर्ने गरेका छन् ।
अनुसन्धानहरूअनुसार ४२ प्रतिशत महिलामा कहिलेकाहीं चरम सन्तुष्टिमा पुग्न नसक्ने समस्या हुन्छ र १० प्रतिशत महिलाले आफ्नो जीवनकालभरि एकपटक पनि चरम सन्तुष्टिमा नपुगेको कुरा उल्लेख गरेका छन् । ती महिलाले आफ्नो जीवनकालमा एकपटक पनि चरम सन्तुष्टिमा नपुगेको वा कहिलेकाहीं मात्र चरम सन्तुष्टि लिएको अनुभव गरेका हुन्छन् ।

पुरुषहरूले पनि चरम सन्तुष्टि लिन सक्छन् कि सक्दैनन् भन्ने कुराको चासो धेरैमा छ । एकै पटकको यौन क्रियाकलापमा धेरै पटक यौन सन्तुष्टि नहुनुको पछाडि रिफ्रेक्टरी अवस्था चरम यौन आनन्द हुनेबित्तिकै हुने हुँदा हो । रिफ्रेक्टरी अवस्थाको कुनै निस्चित समय हुँदैन, त्यसैले उक्त अवधिभरि फेरि चरम यौन सन्तुष्टि नहुन सक्छ । बढी उमेरको पुरुषमा भन्दा कम उमेरको पुरुषमा यो अवस्था कम समयका लागि हुन सक्छ । वैज्ञानिकहरूले पनि यस्तो किन हुन्छ भन्ने तर्क गर्दा चरम यौन आनन्दपश्चात् शरीरमा आउने हार्मोन तथा रसायनिक परिवर्तनका कारण भन्ने गरेका छन् । धेरै पटकको चरम यौन सन्तुष्टि भन्दैमा धेरै पटक वीर्य स्खलन हुनुपर्छ भन्नेचाहिँ होइन । चरम यौन सन्तुष्टि र वीर्य स्खलन दुई फरक कुरा हुन् । चरम यौन आनन्द अर्थात् अग्र्याज्म भन्नाले यौनांगमा धेरै पटक आनन्दको अनुभुतिसँगै मांसपेसी खुम्चनु हो, तर वीर्य स्खलन भन्नाले शरीरबाट तरल पदार्थ निस्कनु हो ।

अब अन्य कारण पनि हुन सक्छन् कि त्यसको चर्चा गरांै । जैविक कारणमा जीर्ण रोग जसले नशामा असर गरेको हुन्छ वा कुनै रसायनिक वा औषधिको लामो समयसम्मको प्रयोगले पनि चरम यौन सन्तुष्टि नभएको हुन सक्छ । मनोवैज्ञानिक कारणमा दिक्दारीपन, चिन्ता, यौन रोग, गर्भ रहने डरजस्ता पक्षहरूको भूमिका हुन्छ । सामाजिक कारणमा पार्टनरसँग कम कुराकानी हुने वा हुँदै नहुने, एक–अर्काबीच झगडा भैरहने वा सांस्कृतिक वा धार्मिक विश्वास जसमा यौन इच्छालाई प्रकट गर्न नहुने मान्यता हुन सक्छ । त्यस्तोमा पनि चरम सन्तुष्टिमा पुग्न नसक्ने हुन सक्छ । त्यसकारण यीमध्ये कुन कारण हो त्यसलाई पत्ता लगाउन आवश्यक हुन्छ र जुन कारण हो त्यसअनुसार उपचार गरिनुपर्छ ।

यदि माथि उल्लेखित कुराभन्दा तपार्इंको विषय फरक छ भने मनोविद् वा चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ । किनभने यसो हुनुका पछाडि मनोवैज्ञानिक पक्षहरू पनि लुकेका हुन्छन् ।
 

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: