सरकारको कामको समीक्षा गर्दै प्रचण्डले दिए मन्त्रीलाई यस्तो निर्देशन -

3:13 AM 0 Comments

एकीकृत नेकपा (माओवादी)ले वर्तमान सरकारको काम कारबाहीको समीक्षा गरेको छ । सरकारको काम कारबाहीको समीक्षा गर्दै त्यसलाई अझ प्रभावकारी रुपमा सम्पादन गर्न सरकारमा सहभागी मन्त्रीलाई निर्देशन दिएको छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा भएको स्थायी समिति बैठकले सरकारको काम कारबाहीलाई जनताका पक्षमा केन्द्रित गर्ने र भूकम्पपछिको पुनः निर्माणलाई युद्धस्तरमा अगाडि बढाउने निर्णय गरेको छ ।

वर्तमान सरकार गठन भएपछि प्रभावकारी रुपमा काम हुन नसकेको जनगुनासो व्यक्त भइरहेका बेला पार्टीबाट सहभागी मन्त्रीलाई थप जिम्मेवार तुल्याउँदै राष्ट्र र जनताका पक्षमा काम गर्न आग्रह गर्ने निर्णय भएको अध्यक्ष दाहालले बताए ।

बैठकले जनवर्गीय सङ्गठनको कामलाई जनमुखी बनाउने, सङ्गठन सुदृढीकरणका निम्ति सम्मेलन, भेला आयोजना गर्ने तथा यसअघिको केन्द्रीय समितिको बैठकले अगाडि सारेको पार्टी पुनः निर्माण एवम् एकीकरणको कार्ययोजनालाई जनस्तरसम्म लैजाने निर्णय भएको बताए ।

 

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Anonymous

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: