युवराज दीपेन्द्रकी प्रेमिका देवयानी यस्तो संकटमा

3:43 AM , 0 Comments

काठमाडौं । कसैकसैलाई नियतिले यतिसम्म ठग्छ कि, जिन्दगी ठक्करै–ठक्करको संग्रह बनिदिन्छ । यदि त्यो क्रुर हत्याकाण्ड नहुदो हो त यतिबेला हामी उनलाई मुलुककी महारानीका रुपमा पाउँथ्यौं ।
नियतिले उनलाई रानी ऐश्वर्यको बुहारी त बनाएन, बरु त्यही नाममा एक पुरुषको अर्धाङ्गिनी बनायो । तैपनि नियतिको जालमा परेर कष्टैकष्टले भरिएको कथामा रुमल्लिएकी छन् ।
प्रसंग हो पशुपति शमसेरकी पुत्री देवयानी राणाको । कँग्रेस आईका नेता तथा केन्द्रीय सरकारका पूर्वमन्त्री अर्जुन सिंहकको छोरीतर्फकी नातिनी बुहारी बनेर दिल्लीको कालन्दीमा अलग्गै रहँदै आएकी छन्, देवयानी ।
अर्जुनकी छोरी बीनाकुमारी सिंहको विवाह राजा भुवनेश्वरप्रसाद सिंह (सिंग्राली) सँग भएको थियो । उनैका छोरा कुवँर ऐश्वर्य सिंहकी पत्नी हुन्, उनी ।
सन् २००७ को २३ फेब्रुअरीमा ऐश्वर्य ३२ को र देवयणनी ३६ वर्षकी हुँदा जोडिएको दाम्पत्य जीवन अहिले संकटमा परेको छ । अर्थात, कानुनीरुपमा सम्बन्ध बिच्छेदको प्रक्रिया सुरु भइसकेको छ ।
यस्तो बेला पशुपति शमसेरलाई एकातिर पार्टी अध्यक्ष त्याग्नुको विस्मात्, अर्कातिर बल्ल–बल्ल जोडिएको कान्छी छोरीको घरबार भत्किनै लागेको चिन्ताले सँगै गाँजेको छ ।
चार वर्ष कान्छो केटोसँग दाम्पत्य सम्बन्ध कायम गरेकी देवयानीका पति परस्त्रीप्रेमी हुनु नै सम्बन्ध बिग्रनुको कारण भएको विजयवास स्रोतले जनाएको छ । सहज रुपमा सन्तानोत्पादन नहुँदा देवयानीले मुम्बईमा टेष्टट्युब विधिबाट एउटा छोरा जन्माएकी छन् ।
अहिले पति–पत्नीबीच जटिल बनेको मुद्दा हो, त्यही छोराको । कोसँग राख्ने भन्ने कुराको छिनोफानो भइसकेको छैन । ऐश्वर्यको भनाई छ ‘म टाट पल्टिसकेँ । छोरा मैले राख्नुपर्ने हो भने खर्चबर्च पनि देउ !’ आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: