‘फ्री भिसा र फ्री टिकेट’ अब विमानस्थलमै जाँचिने ! डिमान्ड लेटरदेखि श्रम स्वीकृतिसम्म छड्के जाँच

9:58 PM 0 Comments

२ पुस, काठमाडौं । फ्री भिसा र फ्री टिकेट भनिए पनि म्यानपावर व्यवसायीले तपाईंसँग मनपरि रकम असुलेर विदेश पठाउँदैछन् ? अब विदेश जानेहरु त्यसरी ठगिन पाउने छैनन् । बढी पैसा उठाउने म्यानपावर कम्पनीको ठगी धन्दा पनि विमानस्थलबाटै पत्तो लाग्ने छ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमै फ्री भिसा र फ्री टिकेट कार्यान्वयन भए/नभएको अनुगमन गर्ने भएको छ । त्यसका लागि छुट्टै डेस्क नै स्थापना गर्ने तयारी भएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । फ्री भिसा नपाएर ठगिनेहरुले अब सरकारी डेस्कमा उजुरी गर्न सक्नेछन् । मन्त्रालयको डेस्कले फ्री भिसा र टिकेट सुविधा नपाएकालाई यस्तो सुविधा उपलब्ध गराउन लागेको हो । त्यसका लागि अनुगमन कार्याविधि निर्माणको काम अन्तिम चरणमा पुगेको मन्त्रालयका सह-सचिव सूर्यप्रसाद श्रेष्ठले बताए । विमानस्थलमै मलेसियासहित खाडी मुलुकहरुमा जान लागेकाहरुसँग फ्री भिसाको सुविधा पाए/नपाएको सोधिने छ र कागजहरु हेरिनेछ । उनीहरुको उजुरीका आधारमा फ्री भिसाको सुविधा उपलब्ध गराउँछौं र म्यानपावर कम्पनीलाई कारवाहीसमेत गर्नेछौं ।’ डिमान्ड लेटरदेखि श्रम स्वीकृतिसम्म छड्के जाँच रोजगार मन्त्रालयले कार्यविधि बनाउन वैदेशिक रोजगार महाशाखालाई जिम्मेवारी दिएको छ । महाहाखाले कार्यविधि बनाउन छलफल अघि बढाएको छ । कार्यविधिमा म्यानपावरहरुले ल्यउने डिमान्ड लेटरदेखि कामदारलाई दिने श्रम स्वीकृतिसम्म पनि अनुगमन गर्ने व्यवस्था गरिँदैछ । यस्तै म्यानपावरहरुमा छड्के अनुगमन गर्ने र वैदेशिक रोजगारमा जानेहरुलाई पनि लक्षित गरेर अनुगमन बढाउने सरकारको योजना छ । विदेशी कम्पनीसँग फ्री भिसा र फ्री टिकेट पनि लिने र कामदारसँग पनि ठूलो दरमा रकम असुल्ने गर्दा म्यानपावर व्यवसायीहरु दोहोरो फाइदामा छन् । त्यसैले सरकारले डिमान्ड लेटरमा पनि निगरानी बढाउन लागेको हो । ‘फ्री भिसा र फ्री टिकेटको सम्बन्धमा बाहिर आएजस्तो गुनासो मन्त्रालयमा आएको छैन । व्यवसायीहरु इमान्दार भए यास्तो समस्या आउँदैन थियो । त्यसैले अनुगमन गरेर यसलाई सहज रुपमा कार्यान्वयन गर्ने हाम्रो योजना हो ।’ सह-सचिव श्रेष्ठले भने । रोजगार ऐन र नियमावलीमा संशोधनको तयारी

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: