बारामा बस दुर्घटना एकको मृत्यु, आठ जना घाईते

9:43 PM 0 Comments

२ पुस, बारा । बाराको अमलेखगञ्जमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी आठ जना घाइेत भएका छन् । Map-of-baraकाठमाडौं-कलैया सडकखण्ड अन्तरगत बाराको अमलेखगंज-६ नेपाल आयल निगम अगाडी दुर्घटना भएको हो । काठमाडौंबाट कलैयातर्फ आउँदै गरेको ना. ५ ख. ५१४२ नम्बरको बस अमलेखगंज स्थित नेपाल आयल निगमको आगाडी सौच गर्न रोकेको थियो । काठमाडौंबाटै सर्लाहीको बरहथवातर्फ जादै गरेको ना.५ ख. २७१८ नम्बरको बसले रोकिराखेको बसलाई ठक्कर दिदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कलैयाले जनाएको छ । रोकिराखेको ना. ५ ख. ५१४२ नम्बरको बसका सहचालक रौतहट समनपुर हाल कलैया-७ निवासी २८ बर्षीय बिनोद दासको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै सोही बर्षका चालक कलैया-७ निवासी ३५ बर्षीय राजकिशोर कुशवाहा गम्भिर घाईते भएका छन् । यस्तै ना.५ ख. २७१८ नम्बरको बसमा यात्रा गरिरहेका सात जना यात्रु घाईते भएका छन् । घाईते सबैको बीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ । रोकिराखेको बसलाई तिब्रगतिमा रहेको बसले ठक्कर दिएपछि यो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: