Disorder in Social Democratic Party Nepal | Daily Exclusive News ( Media Np TV)

3:57 AM , 0 Comments


मिडिया एनपी, काठमाडौं, १३ माघ । डा. बाबुराम भट्टराईको नयाँ शक्तिमा प्रवेश गरेको विषयलाई लिएर सामाजिक लोकतान्त्रिक पार्टी नेपालमा भाँडभैलो देखिएको छ । गएको आइतबार १० जना अध्यक्ष मण्डलका सदस्य मध्य आठ जना नयाँ शक्तिमा प्रवेश गर्दा सिङ्गो पार्टी नै गएको भन्ने तर्कलाई गलत भन्दै अन्य सदस्यहरुले विरोध गरेपछि दुई पक्षबीच तनाव बढेको हो । बुधबार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमै उक्त विषयलाई लिएर दुई पक्षबीच हात हालाहाल भएको हो । आइतबार डा. भट्टराईले गरेको पत्रकारसम्मेलनमा उक्त पार्टीका पासाङ शेर्पा, चैतन्य शुब्बा, कमला हेमचुरी, दलमर्दन कामी, ज्योति दनुवार, विशन राई, मनप्रसाद सुनुवार र टिका प्रसाद गौचनले आफू सहित सिङ्गो पार्टी नै नयाँ शक्तिमा समाहित भएको बताएका थिए । डा. भट्टराईको नयाँ शक्तिले आकार लियो, कलाकार देखि पूर्वप्रशासक सम्म सहभागी (भिडियो सहित) तर, बुधबार पत्रकार सम्मेलन गरी अध्यक्ष मण्डलका अर्का सदस्य कुमार राईले शेर्पासहित उक्त आठ जनालाई पार्टीबाट निष्काशन गर्दै सिङ्गो पाटपर्् नभइ केही व्यक्ति मात्रै नया शक्तिमा प्रवेश गरेको जानकारी दिए । साथै सामाजिक लोकतान्त्रिक पार्टी नेपाल नयाँ शक्तिमा प्रवेश गरेको भन्ने समाचारको पनि खण्डन गरे । आफ्ना कार्यकर्तालाई विचलित नहुन राईले आग्रह गर्दा नयाँ शक्तिमा प्रवेश गरेकाहरुले पार्टीको निर्णय अनुसार नै नयाँ शक्तिमा प्रवेश गरेको भन्दै निर्णय पुस्तिकाको फोटोकपी वितरण गरेपछि दुवै पक्षबीच हात हालाहाल भएको हो ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: