हरेक वर्षको पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला आइतबारदेखि भक्तपुरको हनुमानघाटमा सुरु भएको छ । नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको भक्तपुर नगरपालिकास्थित हनुमानघाटमा माघ महिनाभर व्रत बसेर मनाईने प्रसिद्ध माधवनारायण मेला सुरु भएको हो । माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहर बस्नु पर्ने बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पुजा सामाग्रीले पुजा गर्नुपर्ने, शंखजल ग्रहण गरी मन्त्रोचरण गर्नुपर्ने, शंखजल ग्रहण गरेपछि कसैलाई छुन नहुँने तथा जुत्ता लगाउन नहुँने परम्परा छ ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
0 comments: